२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संस्थापन ईतर सहमति बनेन :  'प्रकाशमानको टिममा सुजाता उपसभापति'  

शनिवार , मंसिर २५, २०७८

 

काठमाडौं, मंसिर । नेपाली कांग्रेस महाधिबेशनमा संस्थापन इतरले साझा उमेद्वार तय गर्न गरेको प्रयास अफिल भएको छ । सो पछि कांग्रेस नेता प्रकाशमान सिंहले आज नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । 
सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनका सहयोगी युपी लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
 अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ , लामिछानेले भने ।

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुनसकेको छैन। 
उहाँको समूहबाट उपसभापतिमा सुजाता  कोइरालाले उमेद््वारी दिने भएकी छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार