२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन

आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै  : 'मनोनयन समय बिहान १० देखि ५ बजेसम्म'

शनिवार , मंसिर २५, २०७८

 

काठमाडौं, मंसिर  । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको दोस्रो दिन आज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । मनोनयन दर्ताको समय बेलुकी ५ बजेसम्म तोकिएको  निर्वाचन समितिले जनाएको छ । मतदान भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ ।पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र छुट्टै समूह बनाएका विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गर्न सकेको छैन ।

कृष्णप्रसाद सिटौलाले भने शेरबहादुर देउवासँग सहपति गरी आफू नउठ्ने निर्णय गरेका छन ।  रामचन्द्र समूहमा प्रकाशमान र शेखर कोइराला सभापतिमा दाबेदार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार