२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४औँ महाधिवेशन

देउवा - सिटौला समीकरण : " प्रदीप पौडेल देउवा समूहबाट महामन्त्रीका उम्मेदवार "

शुक्रवार , मंसिर २४, २०७८

 

काठमाडौँ, मंसिर । नेपाली  कांग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु भएको छ  भने भोलि उमेद्वार मनोनयन गर्ने कार्यसूचि छ । मनोनयन गर्ने कार्यसूचि नजिक आइसकेपछि भने भिापति शेरबहादुर देउवा र नेता  कृष्णप्रसाल सिटौलाबीच भने  सहकार्य गर्ने सहमति भएको छ । 
सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर गरेको सहमति शुक्रबार साँझ बाहिरिएको हो ।
तरुण दलका महामन्त्री बलदेव तिमल्सिनाले सञ्चारकर्मीलाई  जानकारी दिएका छन । कुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेतालाई बोलाएर सहमतिबारे जानकारी गराएको जनाइएको छ ।  
देउजा सिटौलाबीच भएको सहमति अनुसार देउवाको टिमबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ ।
देउवाले आफ्नो समूहका चारजना आकांक्षीलाई छाडेर सिटौला निकट पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने भएका हुन् । सहमति अनुसार अब सभापतिमा सिटौलाले देउवालाई सघाउने छन् ।
सिटौला भने कुनै पनि पदमा उम्मेदवार नबन्ने स्रोतको भनाइ छ । त्यस्तै, देउवाकै टिमबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी पनि सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । महाधिवेशन उद्घाटन अगावै देउवा–सिटौलाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार