काठमाडौँ, मंसीर । कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ। समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।
उनकाअनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ। देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७४३ पुगेको छ, उनले भने।
शुक्रबार उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ।