२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपसभापति निधिले भने : '१४ औं महाधिवेशनले युवालाई नेतृत्वमा ल्याउँछ' 

शुक्रवार , मंसिर २४, २०७८


काठमाडौँ, मंसिर ।  कांग्रेस उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनले युवालाई पार्टीको नेतृत्वमा पुर्‍याउने बताएका छन् । ‘युवा पुस्तालाई देशको राजनीतिमा प्रक्रियामा सहभागिता गराउनुपर्ने छ ।

त्यो भनेको झोला बोक्नेमात्रै होइन, नेतृत्व विकासका लागि सहजताको भूमिका खेल्ने हो,’ उनले भने, ‘१४ औं महाधिवेशनले यो कार्यभार पूरा गर्नुपर्छ भन्ने लागेको छ ।’ उनले सकेसम्म सर्वसम्मत रुपबाट नेतृत्व चयन गर्नु राम्रो हुने बताए ।

‘सकिन्छ भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु राम्रो हो, नभए एउटा प्रतिस्पर्धी म पनि हुँ, मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर सबल नेतृत्व निस्क्यौं,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपालमा एकमात्रै हो, त्यो भनेको कांग्रेसमात्रै हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार