२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महामन्त्री कोइरालाले भने : 'महाधिवेशनमा विचार र नीतिका कुरा भुल्न हुँदैन' 

शुक्रवार , मंसिर २४, २०७८

 

काठमाडौँ, मंसिर । नेपाली  कांग्रेसका महामन्त्री शशांक कोइरालाले लामो संघर्षपछि संविधान जारी भएको भन्दै अब मुलुकको समृद्धि र विकासका लागि कार्य गर्नुपर्ने बताएका छन् । ‘अब सिद्धान्तको लडाइँ सकियो, हामीसँग संविधान छ, त्यो संविधानको कार्यान्वयन गरौं, हाम्रो शक्ति के हो ? त्यसलाई चिनेर काम गरौं,’
 शुक्रबारदेखि सुरु भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘हामी यो महाधिवेशनमा विचार र नीतिका विषयमा छलफल गरिरहेका छौं, हामीले हाम्रो शक्ति चिन्न सक्नुपर्छ ।’
उनले अहिले नेपाल र नेपालीसँग तीनवटा शक्ति भएको टिप्पणी गरे । ‘हाम्रो पहिलो शक्ति युवा जनशक्ति हो । दोस्रो हाइड्रो र पर्यटन हुन् । यी क्षेत्रमा उल्लेख्य सम्भावना छन्,’ उनले भने, ‘अर्को भनेको कृषिको कुरा छ, आज हाम्रो देशमा कृषि क्षेत्रमा ७० प्रतिशत मान्छे आस्थावान् छन् अनि सरकारले २ प्रतिशत बजेट छुट्याउँछ, हामीले कृषिमा २ प्रतिशत होइन, कम्तीमा ३० प्रतिशत बजेट दिनुपर्छ ।’

उनले बीपी कोइरालाले आफ्नो कार्यकालमा कृषिमा २५ प्रतिशत बजेट दिएको स्मरण गरे । ‘बीपी कोइरालाले जसको जोत्, उसको पोत् भन्ने अभियान चलाउनुभएको थियो । त्यो बेला नै सरकारले २५ प्रतिशत बजेट कृषिमा छुट्याउँथ्यो । त्यसैले हामीले कृषिमा लगानी बढाउनुपर्छ । कृषिबाटै हाम्रो देशको विकासको सम्भावना छ । हामीले कृषिमा धेरै परिवर्तन गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार