२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपा अध्यक्ष यादवले भने :"राजनीतिक दिशाहीनता अन्त्य गर्नुपर्छ "  

शुक्रवार , मंसिर २४, २०७८

 


काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राजनीतिक दलले विगतमा गरेका  कमजोरी हटाएर अगाडि बढ्नुपर्ने जनता समाजवादी पार्र्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । 

नेपाली कांग्रेसको १४ महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'विगतमा भए, गरेका कमीकमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्नुपर्छ ।'

संवैधानिक अंगलाई क्रियाशील र निष्पक्ष बनाएर मुलुक अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 'संवैधानिक निकायलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी गर्नुपर्छ । 
संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कांग्रेसको यो महाधिवशेन सार्थक सिद्ध होस्' उनले भने  यादवले संघीय व्यवस्थालाई सुदृढ गर्न कांग्रेससहित अरु सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए । 
शासकीय पद्धतिलाई व्यवहारमा नै समावेशी र संघीय लोकतन्त्रात्मक बनाएर मात्रै राज्यका सबै निकायलाई जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सकिन्छ । नेपाली जनतामा व्यप्त रहेका असमानता, गरिबी, बेरोजगारी र अशिक्षालाई अन्त्य गर्दै, अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
राज्यमा सुशासन र आर्थिक विकास गर्नका लागि सबै समुदायलाई राज्यका मूल धारमा ल्याउनुपर्ने यादवको भनाइ थियो । उनले संविधान संशोधन र परिमार्जन हुनुपर्ने, निर्वाचन र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार