२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

लोसपा अध्यक्ष ठाकुरले भने : "तराईका मुद्दा सम्बोधन नभए  फेरि ज्वालामुखी विस्फोट" 

शुक्रवार , मंसिर २४, २०७८


काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा  लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले  तराईका मुद्दाको विषयमा सम्बोधन नभए फेरि ज्वालामुखी विस्फोटन हुने बताएका छन् । 
 नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, 'अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन  हुनुपर्छ, नभए ज्वालामुखी विस्फोट हुन्छ ।'  

अध्यक्ष ठाकुरले भने,  'आन्दोलनको क्रममा लागेका नेताको मुद्दा फिर्ता भएको छैन र उनीहरु अहिले नि  जेलमा रहेका छन, त्यसलाई सम्बोधन हुनुपर्छ ,  हाम्रो असन्तुष्टि कायम छ, यो संविधानमा थारुहट मधेसमा असन्तुष्टि प्रकट हुन थाल्यो ।' 
उनले थपे, अन्ततः आन्दोलनको रुप लियो,  'थरुहट आन्दोलनमा संयुक्त लोकतान्त्रिक मोर्चासँग गरेको थियो, ठाकुरले भने,  हाम्रो आन्दोलनलाई गोली र लाठीले दबाउन  खोजियो,  त्यसक्रममा ठूलो जनधनको क्षति भयो ।अहिले पनि हाम्रा नेता जेलमा  छन,  माग पनि सम्बोधन भएको छैन,  यसले ज्वालामुखीको रुपमा लिन सक्छ ।'

उनले पार्टीभित्र पनि स्थिरता आवश्यकता रहेको बताए । राजनीतिक दलले सरकार बनाउने हाम्रो व्यवस्था भएकाले दलभित्र अस्थिरता हुँदा त्यसको प्रभाव सरकारमा पनि पर्छ,  उनले भने । अहिले तीनै अंगमा स्थिरता नभएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार