२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राप्रपा अध्यक्ष लिङ्देनले भने :  'गाउँघर जाँदा नेतालाई कुन ‘चोर’ आयो भन्न थालिसके' 

शुक्रवार , मंसिर २४, २०७८

 

‘सरकार सरकार जस्तो छैन, संसद् संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन

काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलले विश्वास गुमाइसकेको बताएका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने,  राजनीति आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको छ । 
म यतिबेला सबै राजनीतिक दललाई आग्रह गर्न चाहन्छु कि देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ’ उनले भने, ‘‘सरकार सरकार जस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन । 
यो सबलाई ठीक लगाउने कसले ? यसलाई ठीक लगाउने राजनीति हो । तर राजनीति ठीक छैन । यो राजनीति ठीक लगाउने नेताहरूले हो । तर नेताले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ ।’

उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेताहरूप्रति अहिले जनताको विश्वास गुमेको उदाहरण दिए । भने– ‘हाम्रो गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा र छिमेकलाई आमन्त्रण गर्न जान्छ । तर नेताको नाम सम्झिदैनन् कुन चाँहि चोर आएछ आज भन्छन् । हाम्रो अवस्था यस्तो छ ।’

उनले महाधिवेशन एउटा औपचारिकता र वैधानिक पूरा गर्नेभन्दा पनि नेतृत्वको बिग्रेको छवि सुधार्ने अवसरको रुपमा लिनुपर्ने बताए । ‘२०४६ सालपछि बनेका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन् । नफुटेको पार्टी कुनै भएन । कहाँनेर त्रुटि भयो ? कहाँनेर हामी चुक्यौं ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार