काठमाडौँ, मंसिर । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा नेकपा (माले) का महासचिव सीपी मैनालीले नयाँ चरणको शीतयुद्धको कारण नेपाल अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन । उनले भने, त्यस विषयमा ध्यान दिन पनि सबैलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मैनालीले राष्ट्रियताको विषयमा ध्यान दिने बेला आएको बताए ।
अहिलेको शीतयुद्धमा उत्तरबाट एउटा र दक्षिणतर्फको शीत छ ।
दक्षिणतर्फ भनेको समुद्रा पारिबीच शीतयुद्ध छ । हिजोभन्दा बढी असंलग्नको आवश्यकता छन, मैनालीले भने, 'अघिल्लो शीतयुद्धमा भन्दा बढी नोक्सानी भोग्नुपर्छ । राष्ट्रिय प्रजातन्त्र र समाजवाद लेखेको छ । कांग्रेसको ध्यान राष्ट्रियतामा जाओस् '
उनले २००७, २०४६ र २०६३ / ०६३ मा आन्दोलनले प्रजातान्त्रिक व्यवस्था स्थापना भएपनि बाह्य प्रभाव र हस्ताक्षेप कम हुन नसकेको बताएका छन् ।
२००७ कांग्रेस तथा बीपी कोइरालाको अगुवाइमा प्रजातान्त्रिकरण भयो । अवाञ्छित बाह्य हस्ताक्षेपले छाडेन । २०४६ प्रजातन्त्र ल्यायो बाह्य प्रभाव र हस्ताक्षेप छाडेन, २०६२-०६३ फेरि पनि प्रजातन्त्र ल्यायौं । तर बाह्य हस्ताक्षेप रही रह्यो,ु मैनालीले भने, 'यो विषयमा हामीले किन ध्यान दिन सकेनौं ।'