२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेता प्रकाशमान सिंहले भने : ' सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किन्न'

बिहिवार , मंसिर २३, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताए । सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिसँग भेटवार्ता थालेका पूर्वमहामन्त्री सिंहले सञ्चारकर्मीसँग भने, पर्सि उम्मेदवारी दर्ता गर्न मैले तयारी गरिसकेको छु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार