काठमाडौँ, मंसिर । सभापतिको उमेद्वार छान्न आज बसेको नेपाली कांग्रेस पौडेल समूहको बैठकमा सहमति जुट्न नसकेपछि बरिष्ठ नेता रमाचन्द्र पौडेलले कोही सहमतिमा नआउने भउ आफू पार्टी छोड्ने बताएका छन ।
बैठकबारे जानकारी दिदै कांग्रेस नेता डा. रामशरण महतले सञ्चारकर्मीसँग भने, सबै आकांक्षीले आफ्नो दाबीबाट पछि नहट्दा साझा उम्मेदवार छान्न सकस भएको छ ।
बुधबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकबाट बाहिरिने क्रममा नेता महतले थपे, सबैले लड्छु लड्छु मात्रै भन्दा समस्या भयो ।
‘कुरा मिलेको छैन, चारजना आकांक्षी हुनुहुन्छ । सबैलाई सभापति चाहिएको छ । सबै म पनि लड्ने, म पनि लड्ने भन्छन्, छोड्दिनँ भन्छन्,’ महतले सञ्चारकर्मीसँग भने, ‘रामचन्द्रजीले तपाईंहरू मिल्नुस्, नभए मलाई सहयोग गर्नुस् भन्नुभएको छ । तर, प्रकाशमानजी पनि लड्ने, शेखरजी पनि लड्ने भन्या छन, सहमति भएको छैन ।’
वरिष्ठ नेता पौडेलले त साझा उम्मेदवार छान्न नसके आफू पार्टीबाटै अलग भएर घरमै बस्ने बताएको उनले पनि उनले सुनाए । ‘रामचन्द्रजीले सबै लड्ने हो भने म छोड्दिन्छु । म घरमै बस्छु, पार्टीबाट अलग हुन्छु । जे सुकै होस् भन्नुभयो । मिलेरै जानुपर्छ भन्ने उहाँको भनाइ छ,’ महतले सुनाए ।