२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशनकाे मुखमा

देउवा समूह बैठक छलफल  : "भोलि बेलुकासम्ममा उम्मेदवारको नाम टुंग्याइने " 

बुधवार , मंसिर २२, २०७८


काठमाडौँ, मंसिर । नजिकिदो महाधिबेशनसँगै कांग्रेसका उमेद्वारका आकांक्षीको नाम तय गर्न आज बसेको बैठकमा  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशगत रुपमा उम्मेदवार टुंग्याउन निर्देशन दिएका छन् । 
बुढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेतासँग  बुधबार आयोजित छलफलमा देउवाले आकांक्षीहरुलाई मिलेर आउन पनि  भनेका हुन् ।
आफू सभापतिमा उठ्ने र जित सुनिश्चित खोजिरहेका देउवाले सहभागीबीचको छलफलपछि उठेका धारणा बुझेपछि प्रदेशगत रूपमा छुट्टाछुट्टै छलफल गरेर उम्मेदवारको नाम सिफारस गर्न निर्देशन दिएका एक नेताले बताए । 
सिफारिस भएर आएका नामहरु हेरेर बिहीबार बेलुकासम्म देउवाले आफ्नो समूहबाट उठ्ने उम्मेदवारको नाम घोषणा गर्ने तयारी गरेका छन् ।
देउवाले आफूलाई केन्द्रमा राखेर बुधबारको बैठकमा सभापति कसरी जितिन्छ ? तपाईंलाई किन उम्मेदवार बनाउने भनेर प्रश्न गरेका थिए । पाँच घण्टासम्म भएको छलफलमा आकांक्षी भने धेरै देखिएका छन् ।
बैठकमा उठेका छलफलबारे जानकारी दिदै सहमहामन्त्री डा. प्रकाशशरण महतले भने,  औपचारिक रुपमा मुने निर्णय भउन, भोलि बेलुकासम्ममा टुंगोमा पुग्ने जानकारी दिएका छन ।  उनले डेमोखबरसँग भने,  बैठकमा धेरैले आफ्नो आकांक्षा राखे,  मेले नि मेरो महामन्त्रीमा उठ्ने ोिचबारे बैठकमा राखेँ । 
त्यसैगरी, बैठकमा बालकृष्ण खाँण, एनपी साउदले पनि  महामन्त्रीमा उठ्ने आकांक्षा देखाएका जनाइएको छ ।  यस्तै, महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका विश्वप्रकाश शर्मालाई भने देउवाले सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार