२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस पौडेल समूह : 'सभापतिसहित उम्मेदवार टुंग्याउन बैठक बस्दै'

बुधवार , मंसिर २२, २०७८

 

काठमाडौं, मंसिर। सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरि नेता छलफलमा जुट्ने भएका हुन् ।

नेता पौडेलका अनुसार,  आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सातवटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ ।
 ‘उनीहरूको कस्तो सुझाव आउँछ, त्यही अनुसार हामीले सभापतिको उम्मेदवार तय गर्छौं,’ नेता पौडेलले भने ।

पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

नेता पौडेलले पनि सहमतिको बाधक नबन्ने बताएका छन् तर सभापतिका आकांक्षी सिंह र कोइरालाबीच समझदारी नभए आफैं अगाडि सर्ने पौडेलको रणनीति छ ।

सभापतिको उम्मेदवार टुंग्याउन नै सकस भइरहेका बेला पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागिसकेको छैन।

कांग्रेस महाधिवेशन मंसिर २४( २७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

आजै उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन समूको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार