२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन 

देउवा उम्मेदवार छान्न  कस्सिए  : " संस्थापन समूह बैठक बुढानिलकण्ठमा बस्दै "

बुधवार , मंसिर २२, २०७८


काठमाडौं, मंसिर ।  नेपाली कांग्रेसको १४ औँ महाधिबेशन सुरु हुन २ दिन बाँकी छ ।  यसैबी उमेद्वार   चयन गर्न  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी । छलफल थालेका छन । 
सो अन्तर्गत आज, बुधबार, पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवा निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।
महाधिवेशन सुरु हुन दुई दिन बाँकी हुँदा उम्मेदवारको टुंगो लागेको छैन । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएपनि पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो नलागेको हो । संस्थापन पक्षबाट  सभापतिबाहेक अरु पदमा टुंगो लागेको छैन ।  आकांक्षी धेरै भएकाले देउवालाई मिलाउन सकस परेको जनाइएको छ । 
 संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का  बढी चर्चामा छन  भने दुई महामन्त्री पदमा झण्डै पाँचजना आकांक्षी  देखिएका छन ।  महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकको दावी चर्को रुपमा छ । 
 
त्यस्तै,  समावेशी अन्तर्गत आठ सहमहामन्त्री पदका लागि पनि आकांक्षी धेरै हुँदा संस्थापन समूहमा उम्मेदवार तय गर्न सकस छ । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा आकांक्षीको संख्या धेरै छ । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट मनोनित गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।

कांग्रेस महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार