२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए' : अध्यक्ष नेपाल

मंगलवार , मंसिर २१, २०७८

काठमाडौँ, मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताउनुभयो ।

अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उहाँले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताउनुभयो ।

एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गर्नुभयो ।

चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उहाँको भनाइ थियो । ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार