२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस प्रदेश २ : प्रदेश  अधिवेशन स्थगित 

सोमवार , मंसिर २०, २०७८


ढल्केबर, मङ्सिर  । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थागित गरिएको छ । सोमबार प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले अधिवेशन तत्कालका लागि स्थगित भएको जानकारी दिएका छन ।  
पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका रिजालले धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको जानकारी दिनुभयो । काँग्रेसको १४औँ महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन हुने उनले बताए ।  
प्रदेशका आठ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सातवटा निर्वाचन क्षेत्रमा अधिवेशन हुनसकेको छैन । सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन बाँकी छ । 
त्यस्तै महोत्तरी क्षेत्र नम्बर ३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी रहेको छ । यसैगरी धनुषाको कमला नगरपालिका–६ को वडा अधिवेशन हुन बाँकी छ ।
जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मङ्सिर २२ गते रहेकाले अब मतदान प्रक्रियामा गाह्रो हुनेहुँदा मतदानको प्रक्रिया महाधिवेशनपछि धकेलिएको निर्वाचन समिति संयोजक रिजालले जानकारी दिएका छन ।   
प्रदेश सभापतिका लागि प्रदेश २ नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन भने रौतहटका कृष्णा यादवले काँंग्रेस सभापति शेरबहादुर देउवाको प्यानलबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार