'हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।'
काठमाडौँ, मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिबेशनबारे जजानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले भने, कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुस्ख दिने खालका काम गर्दैन ।
उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको पनि बताए ।
प्रधानमन्त्री देउवाले भने, ुकांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन ।
कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।ु