२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

सभापति देउवाले थाले छलफल : 'महाधिवेशन तयारीबारे समिति संयोजकसँग जानकारी लिदै '

सोमवार , मंसिर २०, २०७८

काठमाडौं, मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४आँैं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकसँग छलफल गर्दै हुनुहुन्छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उहाँको उपस्थितिमा समितिका संयोजकसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार