२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली जनसम्पर्क समिति भारत : अध्यक्षमा बालकृष्ण पाण्डे विजयी

सोमवार , मंसिर २०, २०७८

पन्जाब, मंसिर । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् ।

आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् ।

पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । निर्वाचनमा कूल १६२ मत खसेको थियो ।

अधिवेशनको लागि पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई खटाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार