विराटनगर, मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । आइतबार राती सम्पन्न मतगणनामा सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापालाइ सिटौला र देउवाको साथ थियो ।
निर्बाथन समितिका अनुसार, थापाले ८४४ मत प्राप्त गरेका छन भने घिमिरेले ८४२ मत पाएका छन् । समूह नै बनाएर भएको निर्बाचनमा थापाको टिमले पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदमा पनि विजयी भएक छन ।
उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् । संस्थापन इतरका उम्मेदवार गोविन्दप्रसाद ढुंगानाले ९केदार०ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचनर्) ले ६६९ मत पाए ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मतसहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।
सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।