२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस वागमती प्रदेश : 'सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित '

आइतवार , मंसिर १९, २०७८

 

हेटौडा,  मङ्सिर । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

देास्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९२७ मत पाए ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९९२ र केसीले ८७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए । सभापति शेरबहादुर देउवा निकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार