२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

हुम्ला : हेलिकोप्टरमा खाद्यान्न ढुवानी

मंगलवार , मंसिर १४, २०७८

सिमकोट, मङ्सिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो ।

हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ । पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुग्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार