२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सिभिल बैंक : 'पाण्डे बने नयाँ अध्यक्ष'

बुधवार , मंसिर १, २०७८


कठमाडौँ, मंसिर ।  सिभिल बैंक लिमिटेडको आज बसेको सञ्चालक समितिको ३६२ औं बैठकले सञ्चालक प्रतापजङ्ग पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । 
बैंक अध्यक्ष चयन भए पश्चात पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै सञ्चालकलाई धन्यवाद दिएका छन । 
सो पश्चात सञ्चालकले समितिको अध्यक्ष चयन हुनुभएकोमा अध्यक्ष पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउन मद्दत मिल्नेमा जोड दिएका छन ।

सबै सञ्चालकको साथ–सहयोग रहने धारणा व्यक्त गरेका छन । 
अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउनेतर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डरलगायत 
समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकलाई नवीनतम सेवा तथा सुविधा प्रदान गर्नेतर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार