२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चिकित्सक भन्छन

कोरोना भाइरसको जोखिम : "संक्रमण देखिए पनि आतङ्कित हुनुपर्दैन "

पशुपन्क्षीबाट सर्ने हुनाले मासु राम्रोसँग पकाएर खानुपर्ने

आइतवार , माघ १२, २०७६

काठमाडौं, माघ । चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले  संसारभर अातंक मच्चाएकाे छ । प्राय सबै देशले यसबाट बच्न तयारी थालेकन छन । नेपालमा पिन यसकाे असर देखीन थालेकाे छ । िबज्ञहरू भने नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको बताइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् ।  सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताए ।
छिमेकी मुलुकमा महामारीको रुप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताएका छन । केहीदिन अघि चीनबाट नेपाल आएका एक विद्यार्थीलाई कोरोना भाइरस  देखीयो । उनले पशुपन्क्षीबाट कोरोना भाइरस सर्ने हुनाले मासु पकाउँदा राम्रोसँग पकाएर खानुपर्ने जनाए । 
उनले कोरोना भाइरस पशुमा देखापर्ने भन्दै उक्त भाइसर मानिसमा देखा परेमा समस्या हुने बताए । उनले नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको जानकारी दिए । उनले कोरोना भाईरसको लक्षणमा एक सय चार डिग्रीभन्दा बढी तापक्रम ज्वरो आउने, श्वासप्रस्वासमा समस्या हुने,रुघाखोकी लाग्ने जस्ता लक्षण देखापर्ने बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको जनाए । कोरोना भाइरस विशेषगरी पशुमा देखापर्ने उल्लेख गर्दै उनले नयाँ देखिएको भाइरसले चीनलगायत युरोप, अमेरीका, थाइल्याण्ड, ताइवान लगायतका देशमा देखिएको जानकारी दिए ।

कोरोना भाइरस बाट बच्न र उपचारका लािग प्रधानमन्त्री अाेलीले सम्बन्धीत मन्त्रालयलाइ िनदेर्शन दिइसकेका छन । कोरोना भाइरसको उपचार गर्न टेकु अस्पताल तयारी अवस्थामा रहेको जनाइएकाे छ । उको भनाई थियो । उहाँले टेकु अस्पतालले चीनबाट आएका विद्यार्थीकोपनि उपचार गरी पठाएको जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने जनाए । ।
प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये देखि चार प्रतिशतको मृत्यु भएको जनाए । चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिनसक्ने सम्भावना कम रहेको बताए ।
कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय सक्षम रहेको उनको भनाई छ । उनले चीनसँगका नाका तथा त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिन थालेको जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार