२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बढ्यो सुनको मूल्यः चादीको स्थिर

बुधवार , कार्तिक २४, २०७८

काठमाडौँ, कात्तिक ।  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । सुन मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु ९१ हजार ८०० तोकिएको थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार