Logo

२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विशेष
राजनीति
समाचार
मनाेरञ्जन
  • अर्थतन्त्र
    • कर्पोरेट
      बिमा
      बैकिंग
      कृषि
  • अन्तर्वार्ता
    स्वास्थ्य
    प्रदेश
    खेलकुद
    विश्व
  • अन्य
    • विचार
      सूचना प्रबिधि
      जीवनशैली
      प्रवास
      वातावरण
  • English
    शनिवार, कार्तिक २२ गते २०८३

    सौर्य एयरलायन्स : ' विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने'

    डेमो खबर

    बिहिवार , कार्तिक १८, २०७८

    2.7K

    Shares

    2.7K

    Shares

    सौर्य एयरलायन्स :  ' विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने'

    झापा,  कात्तिक ।  सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको राससलाई बताउनुभयो ।
    विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन । यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलायन्सका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
    विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो । लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् ।
    उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाँजबाट भैरहवा पुग्ने गरेका थिए । “अब त्यो बाध्यता हट्यो, विदेशी पर्यटक र स्वदेशी यात्रुहरु सीधा उडानबाट भैरहवा पुग्न र त्यहाँबाट विराटनगर आउन सक्नुहुन्छ”, एयरलायन्सका अध्यक्ष पोखरेलले भन्नुभयो, “यात्रु महानुभावको समय र लागत दुवै बचत हुन्छ ।” विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ ।
    सीआरजे २०० जेट विमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ । धेरै उचाइबाट उड्ने भएको हुँदा जेट विमानको यात्रा सस्तो, छिटो र सुरक्षित हुने उहाँको दावी छ । कम्पनीले निकट भविष्यमा नेपालगञ्ज र राजविराज विमानस्थलमा समेत उडान थप्ने जनाएको छ ।
    हाल एयरलायन्ससँग ५० सिट क्षमताका तीनवटा जेट विमान छन् । तीमध्ये एउटा मर्मतसम्भारको अन्तिम चरणमा रहेको र दुई जहाज नियमित उडानको क्रममा रहेका छन् । एयरलायन्सले अहिले काठमाडाँैबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दोहोरो उडान गरिरहेको छ । 
     

    प्रतिक्रिया
    ताजा अपडेट
    • १
      अर्थमन्त्री वाग्लेले भने : ' लगानीको वातावरण देखाउन महत्वपूर्ण '
    • २
      सचिव मिस्रीले भने : " भारत भ्रमण सफल हुनेगरी तयारी गरिँदै "
    • ३
      सरकारले सभापति थापामाथि षडयन्त्र गर्न खोजे - " कडा प्रतिवाद गर्ने "
    • ४
      सभापति लामिछानले भने : ' सरकारका काममा पार्टीको हस्तक्षेप हुँदैन'
    • ५
      देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने
    चर्चित
    • १
      मुगुमा भारी वर्षा : ' चिसो बढ्यो, जनजीवन कष्टकर '
    • २
      एनपिएल : ' लुम्बिनी लायन्स र चितवन राइनोज बीचको खेल स्थगित '
    • ३
      अविरल वर्षाले बाढीपहिरो : ' मुलुकभर १२ मुख्य सडकखण्ड अवरुद्ध '
    • ४
      प्रधानमन्त्री शाहले भने : '  वाताावरण बनाउन नीतिगत सुधार गर्छौ '
    • ५
      कर्णालीका हिमाली जिल्लामा हिमपात : " जनजीवन प्रभावित "
    • ६
      राष्ट्रिय परिचयपत्र विवरण : ' प्रमाणीकरण नभए पनि नरोकिने '
    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले भने : ' लगानीको वातावरण देखाउन महत्वपूर्ण '

  • सुनकाे मूल्य : तोलामा १३ हजार ३०० र चाँदीको 2६५ ले बढ्यो

  • सेयर बजार : ' सामान्य अंकको वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार '

  • सेयर बजार : ३२ अंकको गिरावट, ७ अर्बको कारोबार

  • हाम्रो टिम

    अध्यक्ष:  नीत पान्डे 

    प्रबन्ध सम्पादक : बाबुराम कार्की

    सम्पादक : अञ्जु कार्की 

    सह-सम्पादक: केबिना कट्टेल

    उप-सम्पादक : 

    प्रबिधि सम्पादक: आयूष थापा

    प्रबन्ध निर्देशक: रूपा दाहाल  केसी 

     

    सम्पर्क

    डेमोबाणी मिडिया प्रा. लि. द्वारा सञ्चालित      demokhabar.com

    कठामाडौँ महानगरपालिका, वडा नं.  ४ ,   बालुवाटार, काठमाडाैँ । 

    सूचना बिभाग दर्ता नं.                       ४३७ / २०७३ –२०७४

    कम्पनी दर्ता नं.                                 १६०२५३ / ०७३ / ०७४

    Email :- [email protected]

     

    Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology

    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा