२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बैङ्कहरुले बढाए ब्याजदर : 'कुन बैकले कति पु¥याए त ब्याजदर ?'

मंगलवार , कार्तिक २, २०७८

काठमाडौँ, कात्तिक । तरलताको अभाव हुन थालेपछि आर्थिक वर्षको दोस्रो त्रैमासिक सुरु भएसँगै बैङ्कहरूले बचत तथा मुद्दतीको ब्याजदर बढाएका छन । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरुले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।

हिमालयन बैङ्कले मुद्दतीको ब्याजदर बढाएर सबैभन्दा बढी ११.६७ प्रतिशतसम्म पु¥याएको छ । त्यस्तै, एनआईसी एसिया बैङ्कले ११.१ प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कले १०.२८ प्रतिशत माछापुच्छ बैङ्कले ९.८५ प्रतिशत, कुमारी बैङ्कले १०.३१ प्रतिशत, सिभिल बैङ्कले १०.६१ प्रतिशत, एनसीसी बैङ्कले १०.५५ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् । त्यस्तै, बैङ्कहरूले बचत खाताका लागि पनि चारदेखि ७.५ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको सूचना प्रकाशित गरेका छन् ।

बचतमा ब्याजदर बढेसँगै बैङ्कहरूले प्रवाह गर्ने ऋणको पनि ब्याजदर बढ्ने गर्छ । बैङ्कहरूले प्रवाह गर्ने आवास कर्जा, हायर पर्चेज, सवारी साधनकर्जा, शैक्षिक कर्जालगायतमा पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।अघिल्लो त्रैमासमा सात प्रतिशतसम्म झरेका यस्ता कर्जा बैङ्कहरूले बढाएर करिब १३.८९ प्रतिशतसम्म पु¥याएका छन् । पुँजी बजारमा असर दशैँपछिको दोस्रो कारोबार दिनमा सेयर बजारको कारोबार ह्वात्तै घटेको छ ।

सोमबार नेप्से परिसूचक ६९.५१ अङ्कले घट्दा २५८७.४५ को बिन्दुमा सीमित भएको छ । असोजको क्लोजिङसँगै बैङ्कहरूले धमाधम ब्याजदर बढाएको सूचना जारी गरेपछि सेयर बजारमा दबाब परेको बजार विश्लेषकहरूले भनाइ छ ।सोमबार २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा कुल दुईअर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपियाँभन्दा बढीको कारोबार भएको छ ।कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचक घटेर बजार बन्द भएको छ । व्यापार समूहको परिसूचक १८.९४ अङ्कले बढेको हो ।

सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ४२७.०७ अङ्कले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ३५८.०१ अङ्कले घटेको छ ।विकास बैङ्क समूह १६६.९५ अङ्कले, जलविद्युत् समूह १०२.४२ अङ्कले, बैङ्किङ समूह ३८.१३ अङ्कले ओरालो लागेका छन् ।कारोबारको आधारमा नबिल बैङ्क अग्रस्थानमा छ । उक्त बैङ्कको नौ करोड ८९ लाख ९८ हजार ५१८ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार ४६८ रुपियाँ कायम भएको छ ।

सानिमा बैङ्कको पनि नौ करोड ८१ लाख ७४ हजार रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४९९ रुपियाँ कायम भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, नेपाल बैङ्क रहेका छन् ।कारोबारबाट अधिक आम्दानी गर्ने कम्पनीमा ११ प्रतिशत एनआईसी एसिया डिवेञ्चर, महालक्ष्मी विकास बैङ्क, एनआईसी एसिया सेलेक्ट फन्ड ३० रहेका छन् । त्यस्तै घालेम्दी हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार