सर्लाही, असोज । सर्लाहीको दक्षिणपूर्वी भेगस्थित हरिपूर्वाबाट चाँदीको गरगहनासहित दुई जना पक्राउ परेका छन् । भारतबाट अवैद्य रुपमा भित्रयाइएको चाँदीका एकलाख २१५ रुपियाँ बराबरको तयारी गरगहनासहित हरिपूर्वा नगरपालिका५, का २७ वर्षीय रोशनप्रसाद अधिकारी र वर्ष २७ कै कौशलप्रसाद यादव पक्राउ परेका हुन् ।
उनीहरुलाई सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने सङ्ग्रामपुरतर्फबाट बीआर ३० जे ७१६५ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको छ ।