काठमाडौं, साउन ।शुक्रबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।