२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्यमा वृद्धि

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं, साउन । नेपाली बजारमा सुनको शुक्रबार मूल्य  ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको हो । 
गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । 
यस्तै आज यता चाँदीको मूल्य समेत गत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  
 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार