२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनकाे भाउ ताेलामा सात सय रुपैयाँले बढ्याे

बुधवार , माघ १, २०७६

काठमाडौं, माघ । बुधबार सुन ताेलामा सात सय रुपैयाँले बढेकाे छ ।

बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन ताेलाकाे ७४ हजार रुपैयाँ पुगेकाे थियाे । 

पुस महिनामा सुनकाे भाउ ताेलमा २५ सय रुपैयाँ महँगाे भएकाे थियाे । पहिलो दिन पुस १ गते तोलाको ७१ हजार पाँ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने बढ्दै गएर २३ गते गएको बुधबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुग्यो ।

यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनामा चाँदी तोलामा ३० रुपैयाँ बढेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार