२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गण्डकी प्रदेश : अवरोध र बहिष्कारका बीच बजेट पारित

बुधवार , आषाढ ३०, २०७८

 गण्डकी, असार । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो ।

बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो ।

विरोधका बाबजुद पनि वैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गर्नुभएको थियो । प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार