२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ओलम्पिक टर्च र्‍याली आजबाट सुरु हुँदै, मुख्य शहरमा परिक्रमा गराईने

बिहिवार , मंसिर ५, २०७६

काठमाडौँ, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि ओलम्पिक टर्च र्‍याली आजबाट सुरु हुँदैछ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा आजबाट ओलम्पिक टर्च र्‍याली सुरु हुन लागेको हो ।

यो टर्चलाई सातै प्रदेशका राजधानी तथा मुख्य शहरमा परिक्रमा गराईनेछ ।

आज बिहान स्वयम्भुनाथ चैत्यमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले टर्च प्रज्वलन गरेसँगै ओलम्पिक टर्चको परिक्रमा सुरु हुनेछ ।

९ दिनसम्म चल्ने परिक्रमा साग उद्घाटनको दिन मंसिर १५ गते काठमाडौं आईपुग्नेछ ।

ओलम्पिक टर्च परिक्रमाको लागि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र पोखरा पुर्‍याईनेछ ।

पोखराबाट मंसिर १५ गते सागको उद्घाटन समारोह स्थल दशरथ रंगशालामा ल्याईनेछ ।

ओलम्पिक टर्च र्‍यालीमा बैकुण्ठ मानन्धर, जित बहादुर केसी, दिपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, दिपक श्रेष्ठ लगायतका  १३ जना किर्तीमानी खेलाडी तथा ओलम्पियन सहभागी छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार