२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महोत्तरी : १५ स्थानीय तहले ल्याए बजेट, स्वास्थ्य क्षेत्र प्राथमिकतामा 

बिहिवार , आषाढ १०, २०७८

 

जलेश्वर, असार  । महोत्तरी जिल्लामा रहेको १५ स्थानीय तहले आफ्नो नीति तथा बजेट ल्याएका छन । जिल्लाको १५ स्थानीय तहमध्ये चार नगरपालिका र दुई गाउँपालिकाले वुधबार नै  बजेट ल्याए भने अन्यले  आज  ल्याएका छन ।  
यसवर्ष सबै स्थानीय तहले कोभिड महामारीलाई लक्षित गरि स्वास्थ्यमा विगतभन्दा बढी बजेट ल्याएको देखिएको छ । 
मटिहानी नगरपालिकाको सातौ नगरसभाले आर्थिक बर्ष २०७८÷०७९ को लागि चालुतर्फ २० करोड ५० लाख र पुँजीगततर्फ २० करोड २७ लाख गरि कुल बजेट ४० करोड सतहत्तर लाख ५७ हजारको प्रस्तुत गरेको छ । 
नगरप्रमुख हरिप्रसाद मण्डलले कोरोना महामारीबीच पनि सुरक्षा सर्तकता अपनाउँदै सरकार तथा सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरि बजेट ल्याएको जानकारी दिनुभयो ।  त्यसैगरी,  महोत्तरी गाउँपालिकाले ४१ करोड, सोनमा गाउँपालिकाले ३९ करोड ८४ लाख, लोहारपटटी नगरपालिकाले ६६ करोड ३५ लाख चारहजार १६७, बल्वा नगरपालिकाले ५६ करोड र जलेश्वर नगरपालिकाले ६८ करोड ४४ लाख नौहजार ४१४ को अनुमानित बजेट पेश गरेका छन ।
बिहीबार पिपरा गाउँपालिका, औरही नगरपालिका, एकडारा गाउँपालिका, गौशाला नगरपालिका, भंगहा नगरपालिकालगायतले नीति, कार्यक्रमका साथै बजेट ल्याएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार