२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनकपुरधाम उप–महानगरपालिका : १ अर्ब ४७ करोड को बजेट

बिहिवार , आषाढ १०, २०७८

जनकपुरधाम, असार  । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८–०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट ल्याएको छ ।
उप–महानगरपालिकाको सातौं नगर सभामा बिहीबार उपप्रमुख रीताकुमारी झाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ९८ करोड २० लाख ६० हजार र पुँजीगततर्फ ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले बजेटको स्रोतमा संघीय सरकारबाट सशर्त अनुदान वापत पाएको ५२ करोड ७० लाख र प्रदेश सरकारबाट पाएको १ करोड ५० लाख रुपैयाँलाई पनि राखेको छ ।
बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा तथा खेलकुदको विकासको लागि संघीय सरकारको अनुदानका अतिरिक्त १ करोड छुट्टयाइएको उपप्रमुख झाले जानकारी दिइन् ।
उपमहानगरपालिकाले शहीद गेट निर्माण, पोखरी सौन्दर्यीकरण, पार्क उद्यानलाई बहुबर्षीय गौरव योजनाको रुपमा राखेको छ । 
वडा कार्यालय सञ्चालन तथा विविध खर्च स्वरुप एकमुष्ट ९० लाख रुपैयाँ विनियोजन गरेको उपमहानगरपालिकाले नगरस्तरीय पूर्वाधार विकासका योजनाका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

महिला स्वयमसेविकालाई बार्षिक पोशाक खर्च १० हजार र मासिक रुपमा प्राप्त गर्दे आएको यातायात खर्चमा ५ सयको दरले वृद्धि गरी दिनका निम्ति २० लाख १६ हजार रुपैयाँ छुट्टयाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार