२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य चार सयले बढ्यो

सोमवार , आषाढ ७, २०७८

 काठमाडौं , असार। सोमबार सुनको मूल्य प्रतितोलामा चार सयले बढेर तोलाको ९० हजार चार सयमा कायम भएको छ। अघिल्लो दिन सुन ९० हजार प्रतितोलामा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलको पाँच रुपैयाँले बढेर १२ सय ९५ प्रतितोलमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदी १२ सय ९० रुपैयाँ तोलामा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार