काठमाडौँ, पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ । थ्री स्टार र फ्रेन्ड्स तथा अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दिनको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स मैदान उत्रनेछन् ।दशरथ रंगशालामा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा पुछारमा रहेको टिम सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । ब्रिगेड भने नयाँ विदेशी खेलाडी आजको खेलमा उतार्ने योजनामा छ ।