२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मैदानमै झडप गर्ने खेलाडी र अफिसियललाई एन्फाको कारबाही

बिहिवार , पौष २४, २०७६

काठमाडौँ, पुस ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गतको खेलमा मैदानमै झडप गर्ने खेलाडी तथा अफिसियललाई अखिल नेपाल फुटबल संघ एन्फाले कारबाही गरेको छ ।

एन्फाले ६ खेलाडी र एक अफिसियल गरी ७ जनालाई कारबाही गरेको हो । मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबका खेलाडीबीच गत सोमबार दशरथ रंगशालामा खेल सकिएपछि झडप भएको थियो ।

झडपमा संलग्न मनाङका खेलाडी जगदीश श्रेष्ठ र अशोक बराललाई पाँच खेलको प्रतिबन्ध र जनही १० हजार जरिवाना तोकिएको छ । त्यस्तै मनाङकै रन्जन विष्टलाई दुई खेलमा प्रतिबन्धको सजाय तोकिएको छ ।

मछि«न्द्रका देबेन्द्र तामाङ, दिपक राई र विजय धिमाललाई दुई खेलको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । यसै गरी मनाङका अफिसियल शिव लामालाई लिगका बाँकी सबै खेलहरुमा प्रतिबन्ध गरिएको र १० हजार जरिवाना पनि तोकिएको छ ।

दशरथ रंगशालामा भएको खेल सकिएपछि दुवै क्लबका खेलाडी सामूहिक रुपमा एकअर्काविरुद्ध झडपमा उत्रिएका थिए। छुट्याउन पुगेका खेलाडी र सुरक्षाकर्मीलाई समेत उनीहरुले लछारपछार गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार