२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सिँचाइ आयोजना : 'सुनकोसी–मरिन डाइभर्सन २ अर्ब ४६ करोड, भेरी बबईका लागि ३ अर्ब ७ करोड'

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेटमा सिक्टाइ सिँचाइ आयोजनाका लागि १ अर्ब ५६ करोड र रानीजमरा सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट दिइएको छ ।

महामाली सिँचाइ आयोजनाका लागि १ अर्ब २५ करोड, बबई सिँचाइ आयोजनाका लागि १ अर्ब ४४ करोड र अन्य साना सिँचाइ आयोजनाका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड र भेरी बबई डाइभर्सनको लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार