२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : " पछिल्लो २४ घण्टामा ८ हजार २०३ थपिए, १९६ को मृत्यु "

मंगलवार , जेठ ४, २०७८

काठमाडौं, जेठ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ मा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ सहित हालसम्म ३ लाख ५२ हजार ४१४ निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ संस्थागत आइसोलेसनमा छन् ।

यस्तै १ हजार ५९० को आईसीयू र ३९० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ काठमाडौं उपत्यकाका हुन् ।

जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार