२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एनआरएन अमेरिकाको निर्वाचन

सोमवार , बैशाख २७, २०७८

कृष्णराज खनाल

नर्थ क्यारोलिना (अमेरिका), वैशाख । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको निर्वाचनका लागि शनिबार राति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

मे महिनाको २८ र २९ तारिखमा अनलाइनमार्फत मतदान गरिने छ । निर्वाचनमा आजीवन सदस्यसमेत करिब १९ हजार मतदाताले मतदान गर्ने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विश्व बरालले शनिबार साँझ आयोजित कार्यक्रममा जुममार्फत सो जानकारी दिनुभएको हो । संसारभरबाट चासो र चर्चाको विषय हुँदै आएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको निर्वाचनमा १२५ ले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ ।

सो निर्वाचनमा अध्यक्ष पदमा चारजना डा. अर्जुन बन्जाडे, बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने र तिलक केसीले उम्मेदवारी दिनुभएको छ ।

नेपालीको मृत्यु बाल्टिमोरको उडलनमा भएको गोलीकाण्डमा २५ वर्षीय एक नेपाली युवकको मृत्यु भएको छ । उनीसँगै अर्का एक नेपाली युवक श्याम अधिकारीलाई पनि गोली लागेको छ ।

मृतक सङ्खुवासभा, खाँदबारीका सागर घिमिरे भएको पुष्टि भएको छ । घिमिरे एक हप्ताअघि मात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए ।

बाल्टिमोर नेपाली समाजका अध्यक्ष सुवोध पन्तका अनुसार सर्लाहीका घाइते अधिकारी हाल खतरामुक्त छन् । बाल्टिमोरस्थित समाचारपत्रहरूका अनुसार मानसिक असन्तुलन भएका ५६ वर्षीय इभर्टन ब्राउनले आफ्नो घरमा आगजनी र गोली चलाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार