२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आयल निगम : 'नयाँ भवन बनाउँदै '

बिहिवार , चैत्र १२, २०७७

बाठमाडाै, चैत । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीनवटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो ।

लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पाेरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइन अनुसार भूमिगत दुई तलाको पार्किङ हुने र जमीनमाथि १० तलाको भवन बनाइने छ । जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्ड अनुसार रहने निगमले जनाएको छ ।

भवनमा लिफ्ट, फायर फाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्ड अनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार