२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल राष्ट्र बैङ्क : विदेशी डलर भुक्तानी गर्न सकिने गरी बैङ्कलाई अनुमति

सोमवार , चैत्र ९, २०७७

काठमाडौँ, चैत । नेपाल राष्ट्र बैङ्कले विदेशी डलर भुक्तानी गर्न सकिने गरी बैङ्कहरूलाई अनुमति दिएको छ । यस अघिसम्म कुनै पनि विदेशी समान खरिद गर्दा नेपाली बैङ्कबाट डलरमा भुक्तानी गर्न नसकिने अवस्था रहिआएको थियो ।

आइतबार एक सूचना जारी गदै राष्ट्र बैङ्कले खाता नभए पनि ‘क’ र ‘ख’ वर्गका बैङ्कबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाइ भएपछि राष्ट्र बैङ्कले यस्तो सुविधा मिलाएको हो । अब, वाणिज्य बैङ्क र विकास बैङ्कले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।

यसबाट अमेजन, नेटफिलिक्स, फेसबुक बुस्ट, लगायत विविध कामका लागि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार