२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्र बैङ्ककाे निर्देशन : " सहुलियतपूर्ण कर्जाकाे रिपोर्टिङ गर "

शनिवार , चैत्र ७, २०७७

काठमाडौँ, चैत । लक्षित वर्गमा पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा तथा व्यावसायिक निरन्तरता कर्जा पुगे नपुगेको रिपोर्टिङ गर्न नेपाल राष्ट्र बैङ्कले मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोभिड–१९ कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण एवं आर्थिक पुनरुत्थानका लागि कार्यान्वयन गरिएको कर्जा सही ठाउँमा पुगे नपुगेको अनुगमन गर्ने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क, ख, ग र घ वर्गका बैङ्कहरूलाई यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार सात दिनभित्र सबै बैङ्कलाई रिपोर्टिङ गर्न भनिएको छ । राष्ट्र बैङ्कले सूचनासँगै रिपोर्टिङको ढाँचासहितको नमुनापत्र सार्वजनिक गर्दै विवरण भरी रिपोर्टिङ पोर्टलमा रिपोर्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

आयात गर्ने सीमा बढ्यो 

राष्ट्र बैङ्कले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) र डकुमेन्ट अगेन्स्ट असेप्टेन्स (डीएए)मार्फत गरिने आयात रकमको सीमा बढाएको छ । परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट प्रतीतपत्रबाहेक डीएपी र डीएएको माध्यमबाट आयात गर्दाको सीमा बढाएको हो ।

पचास हजार अमेरिकी डलरको सीमालाई बढाई एक लाख पु¥याएको केन्द्रीय बैङ्कले भारतबाहेकका देशबाट वस्तु तथा सेवा आयात गर्ने आयातकर्ताहरूका लागि थप सहजीकरण गर्दै रकमको सीमा बढाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार