२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सप्तरी : 'आइएमई चलाउने सिन्धी दाजुभाइले झण्डै ५० करोड ठगेर बेपत्ता " 

बिहिवार , चैत्र ५, २०७७


सप्तरी, चैत । सप्तरीका सर्वसाधारणको करोडौँ रुपियाँ ठगेर बेपत्ता भएका राजविराजका आईएमई सञ्चालक एवं कपडा व्यवसायी सञ्जय र सुनिल सिन्धीको खोजी र पक्राउका लागि प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको छ ।  
राजविराजस्थित गजेन्द्र चोकमा कपडा पसल र आईएमईको शाखा सञ्चालन गरी कारोबार गर्दै आएका सिन्धी दाजुभाइ फागुन १७ देखि नै बेपत्ता रहेका छन् । उनीहरूले आफ्नो नाममा रहेको सबै सम्पत्ति गोप्य ढङ्गले बिक्री गरी आईएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तीन दिनअघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सहीछाप गराएको पाइएको छ । रकम माग गर्दा कहिले कम्प्युटर खराब, त कहिले नेट बिग्रेको छलगायतका विभिन्न बहाना बनाउँदै भुक्तानी नदिएर भोलिपर्सी आउनु भनी आलटाल गर्ने गरेको पीडितको भनाइ छ ।
सिन्धी दाजुभाइको ठगीसम्बन्धी मुद्दा हेर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार,  हालसम्म जिल्ला प्रहरी कार्यालयमा डेढ दर्जन बढी उजुरी सिन्धी दाजुभाइविरुद्ध परेको छ । झन्डै दुई करोड ४२ लाख ठगी गरेर फरार रहेको भन्दै हालसम्म उक्त डेढ दर्जन उजुरी जिल्ला परेको जनाइएको छ । यद्यपि उक्त उजुरीमा कुनै ठोस प्रमाण नहुँदा हालसम्म ती उजुरी दर्ता भने गरिएको छैन ।
यता आईएमई प्रादेशिक कार्यालय जनकपुरबाट ३० लाख धरौटी लिएर सिन्धी दाजुभाइ फरार रहेको भनी परेको उजुरीमा प्रमाणसमेत रहेकाले उक्त उजुरी दर्ता गरिसकिएको प्रहरीले जनाएको छ  । 
तीन लाखभन्दा बढी ठगी गरेर फरार रहेको मुद्दामा आपराधिक विश्वासघात मुद्दाअन्तर्गत फरार रहेको व्यक्तिविरुद्ध रेड कर्नर नोटिस जारीसम्म गर्नसक्ने प्रावधान छ । त्यसै अन्तर्गत रेड कर्नर नोटिसको प्रक्रियामा जाने योजनामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार