काठमाडौं, फागुन । सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबारका लागि ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको भाउ ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँ तोकिएको छ ।
नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुन महासंघले जनाएको छ । यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ पनि एक सता भरीमा प्रतितोलामा ७५ रुपैयाँले सस्तो भएको छ ।