२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भारतबाट थप बिजुली ल्याउने सहमति :  "आयात ८०० मेगावाट पुग्यो"

शनिवार , माघ १७, २०७७


काठमाडौं, माघ । भारत- नेपाललाई थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको छ । ऊर्जासम्बद्ध नेपाल - भारत संयुक्त प्राविधिक समूहको बैठकमा सो कुराको  सशमति भएको हो । उक्त थप बिजुली भारतले ढल्बेकबर मुजफ्फरपुर ४००  केभीको प्रशारण लाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठिन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।

हाल भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० देखि ७००  मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८००  मेगावाटसम्म पुग्नेछ । अहिले प्रणालीमा १४६४ मेगावाटको पिक लोड छ । त्यसमध्ये करिब साढे ७ सय मेगावाट बिजुलीको माग आन्तरिक उत्पादनले धानेको छ ।

हालसालै नेपालले ढल्केबरमा ४००  केभीको सबस्टेसन तयार गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । यो सबस्टेसन बनेपछि ढल्केबारबाट एक हजार मेगावाटसम्म बिजुली ल्याउन बाटो खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार