२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मलेसिया : श्रमिकको न्यूनतम तलब बढ्ने

बुधवार , पौष ९, २०७६

काठमाडौँ, पुस  । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ ।

तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १०० रिङ्गिट रहेको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार