२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विदेशमा याे साता : '२१ देशमा ३१२  नेपालीकाे कोरोनाले निधन'

सोमवार , पौष १३, २०७७

काठमाडौं, पुस  । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको  बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमितमध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८९२ कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको जनाएकाे छ ।  यो साता नाइजेरिया, इजिप्स, साउदी अरब, कुवेतमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको जनाएकाे छ । 

कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८१९ को निधन भएको छ भने विदेशमा २१ देशमा ३१२  नेपाली कोरोना संक्रमणका कारण निधन भएक छन ।

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् ।

हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार